अनलाइन सपिङ गर्नेको संख्या र कारोबार रकम दुबै बढ्यो



काठमाडौं । विद्युतीय भुक्तानी तथा अनलाइन कारोबारको संख्या बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव ई–कमर्श व्यवसायमा देखिएको छ । चालु आवको पहिलो महिना साउनमा ई–कमर्श कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ ।

पछिल्लो समय अनलाइन कारोबार बढेसँगै ई–कमर्श कम्पनीको कारोबार संख्या र रकम दुबैमा उल्लेख्यनीय वृद्धि देखिएको हो ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार साउन महिनामा मात्रै ई–कमर्श कम्पनीमा ६७ हजार ८९१ वटा कारोबार भएका छन् । जसमा ३८ करोड ७० लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

गत आर्थिक वर्षको असार महिनामा ५२ हजार ११५ वटा कारोबारमा २९ करोड ६० लाख रुपैयाँ, जेठ महिनामा ३८ हजार ६१३ वटा कारोबारबाट १६ करोड १० लाख रुपैयाँको कारोबार भएको थियो ।


क्लिकमान्डु