विदेशी पर्यटकलाई अनअराइभल भिसा दिइने, राखियो यस्ता सर्त (आदेशसहित)



काठमाडौं । विदेशी पर्यटकलाई नेपाल आउनका लागि सरकारले अनअराइभल भिसा जारी गर्ने भएको छ । लामो समयदेखि व्यवसायीले राखेको मागलाई आदेशमार्फत् सम्बोधन गर्दै सरकारले सर्त समेत उल्लेख गरेको छ ।

सरकारले विदेशबाट नेपाल आगमन हुने र नेपालबाटछ प्रस्तान हुने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धि आदेश जारी गर्दै विभिन्न मापदण्डको व्यवस्था गरेको छ ।

जसमा नेपाल आउने विदेशी नागरिकलाई कानून अनुसार अनअराइभल भिसा दिइने उल्लेख गरिएको छ । तर कोभिडविरुचको खोपको मात्रा पूरा गर्नुपर्नेछ । साथै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रदेश विन्दुमा भिसा लागि आदेश गर्दा भिसाका लागि आवेदन दिँदा भिसाका लागि आवश्यक अन्य कागजातका अतिरिक्त विभिन्न मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ ।

जसमा कोभिडविरुद्ध खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धि अनुमतिको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण र सीसीएमसीको वेवसाइटमा अनलाइन फारम भरेको प्रमाण आवश्यक पर्नेछ ।

त्यसका साथै सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउन चाहने कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले सम्बन्धित नेपाली नियागमा भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक अन्य कागजताका अतिरिक्त पर्याप्त कागजातहरु पनि पेश गर्नुपर्नेछ ।

साथै, कोभिडविरुद्धको खोपको मात्रा पूरा नगरेको विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर र एजेन्सीमार्फत् मात्र नेपाल भ्रमणको अनुमति दिइनेछ । यसरी भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक अन्य कागजात पेश गर्नुपर्नेछ ।

साथै नेपाल प्रवेश गर्ने विदेशी नागरिकले प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । त्यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा अनिर्वार्यरुपमा स्वास्थ्य तथा स्वास्थ्य मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा पठाउनुपर्नेछ । कोभिड परीक्षण गरी वा सोको रिपोर्ट नेगेटिभ आएपछि मात्रै होटल बाहिर जान सकिनेछ ।

विदेशी नागरिकले अनिवार्यरुपमा १० दिनको आफ्नो खर्चमा होटल क्वारेन्टिनमा बस्नु्पर्नेछ । भने ११औं दिनमा कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि मात्रै त्यस्तो विदेशी नागरिक आफ्नो नेपाल भ्रमणको उद्देश्य अनुसार काममा संलग्न हुन सक्नेछन् ।

विदेशी नागरिक आइसोलेसनमा बस्दा बीमालगायतका अन्य खर्चहरु विदेशी नागरिक स्वयम्ले बेहोर्नुपर्नेछ भने कोभिडको लक्षण देखिएमा तत्काल परीक्षण गराउनुपर्ने छ र रिपोर्ट पोजिटिभ आएमा आइसोलेनमा बस्नुपर्नेछ ।

नेपाली नागरिकलाई कस्तो मापदण्ड ?
कोरोनाविरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएका विदेशमा बसोबास गरिरहेका वा विदेश भ्रमणमा रहेका वा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक फर्कदा वा नेपाल आउँदा हवाई उडानमा चेक इन हुनुभन्दा अ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ साथै सीसीएमसीको वेवसाइटमा गएर फारम भर्नुपर्नेछ ।


क्लिकमान्डु