मोबाइल फोनमार्फत् जासुस गर्ने पेगासेसले कमायो २९ अर्ब



एजेन्सी । विश्वव्यापी रुपमा मानवअधिकारको चर्को वकालत गरिन्छ । तर गोप्य रुपमा व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि चियोचर्चो गर्ने काम पनि उत्तिकै भइरहेको छ ।

मोबाइल फोनमा गोप्य तरिकाले सन्देश पठाएर सुराकी गर्ने काममा भइरहेको अनेकन चलेखलका बारेमा अन्तर्राष्ट्रिय समुदाय नै चिन्तित भएको छ ।

फोन तथा कम्प्युटरका माध्यमबाट जासुसी गर्ने पेगाससको बारेमा पछिल्ला दिनमा राम्रै चर्चा भएको छ । यसको चर्को विरोध पनि भएको छ ।

नेपाली कुटनीतिक अधिकारीको समेत गोप्य तरिकाले फोन ट्यापिङ भएको तथ्य सार्वजनिक भएको छ । भारतमा यो विषयलेअ झै बढी प्राथमिकता पाएको छ ।

जासुसी गर्ने उक्त सफ्टवेयरको ४० देश ग्राहक रहेको नयाँ तथय सार्वजनिक भएको छ । भारतमा सो मामिलालाई लिएर सर्वोच्च अदालतले एक जाँचबुझ समिति बनाउने तयारी गरेको छ । त्यसमा प्राविधिक रुपमा जानकारलाई समेत राख्ने विवरणहरु सार्वजनिक भएका छन् ।

इजरायली कम्पनी एनएओले बनाएको उक्त सफ्टवेयर चर्चाको शिखरमा छ । त्यो भन्दा बढी आलोचना भएको छ । कूल ४० देशका ६० सरकारी कम्पनी त्यसका ग्राहक रहेका छन् । सन् २०२० मात्रै सो सफ्टवेयर बिक्री गरेर १८०० करोड भारु बराबरको कमाई गरेको विवरण सार्वजनिक भएको छ ।

भारतमा बिहिबार मात्रै त्यहाँको सर्वोच्च अदालतले एक महत्वपूर्ण आदेश दिएको छ । प्रधानन्यायाधीश एनवी रमानाका अनुसार पेगाससको जासुसीको विषयमा परीक्षणका लागि एक उच्चस्तरीय छानबनि समिति गठन गरिनेछ ।

उनले भनेका छन् कि अदालतले आगामी साता यस मामिलामा स्वतन्त्र जाँचका लागि एक आधिकारिक आदेश जारी गर्नेछ । एनवी रमानाका अनुसार अदालतले चाँडै नै प्राविधिक समितिका सदस्यको अन्तिम रुप दिनेछ ।

उनले भनेका छन् कि केही जानकारले व्यक्तिगत कारण देखाउँदै समितिमा बस्न समेत अस्वीकार गरेका छन् । तर यो विषयमा समितिलाई चाँडै पूर्णता दिई परीक्षण गरिनेछ । सोही कारण पूर्ण आदेश जारी गर्नका लागि केही दिन ढिलाई भएको हो ।

पेगाससगको प्रयोग गरेर अनाधिकृत रुपमा व्यक्तिको गोपनियताको उल्लंघन गरिएको छ । त्यसमा कुटनीतिक निकायका रहेका व्यक्तिदेखि महत्वपूर्ण व्यक्ति समेत पीडित भएका छन् । भारतको नरेन्द्र मोदी सरकारले आफना सबै आलोचकको गोप्य रुपमा फोनमा निगरानी गरिरहेको छ ।

त्यसको सम्बन्धमा भारतमा त्यहाँको प्रमुख प्रतिपक्षी दल काँग्रेस आईले चर्को विरोध गरेपनि मोदी सरकारले कुनै सुनुवाई गरेको छैन ।

नेपाली राजदूत निलाम्बर आचार्यको समेत फोनको जासुसी गरिएको विवरण सार्वजनिक भएको थियो । यस्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानको समेत भारतीय पक्षबाट फोनमा जासुसी गरिएको विवरण सार्वजनिक भएको थियो ।


क्लिकमान्डु