न्यूनतम तलब नदिएको भन्दै स्वावलम्बन लघुवित्तका कर्मचारी आन्दोलनमा



काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलनमा उत्रिएका छन् । व्यवस्थापनले न्यूनतम तोकिएको तलब तथा सेवा सुविधाबाट संस्थाका कर्मचारीलाई बञ्चित गराए पनि उनीहरु आन्दोलित भएका हुन् ।

व्यवस्थापनले कर्मचारीलाई सरकारले ताकेको न्यूनतम तलब र ओभर टाइम काम लगाए वापतको भत्ता नदिएको कर्मचारीहरुको गुनासो छ ।

साथै, संस्थाका २५० जना कर्मचारी कोरोना संक्रमित हुँदा उपचार खर्चसमेत व्यवस्थापनले नदिएको आरोप कर्मचारहिरुको छ । व्यवस्थापनले कोरोना बीमाको पैसा नआएको भन्दै कर्मचारीलाई उपचार गर्दा लागेको खर्च समेत नदिएको संस्था कर्मचारी संघले उल्लेख गरेको छ ।

व्यवस्थापनले आवश्यकताअनुसार कर्मचारी विनियमावली समेत संशोधन नगरी युनियनको गतिविधिलाई समेत रोक लगाएको, कर्मचारीको बढुवालाई रोकेको, तल्लो तहका कर्माचारी तलब, गे्रड, तथा भत्ता बृद्धि/ समायोजन गर्दा भेदभाव गरको कर्मचारीहरुको आरोप छ ।

यी लगायत संस्थाका पाँचौ तहका कर्मचारी कार्यालय प्रमुखलाई कायम मुकायमको जिम्मेवारी दिने व्यवस्था नगरिएको भन्दै कर्मचारीहरुले व्यवस्थाप विरुद्ध विगत ४३ दिन अघिदेखि धर्नामा थिए ।

तर, कर्मचारीले राखेको मागलाई व्यवस्थापनले वास्ता नगरि काममा हाजिर हुन निर्देशन दिएपछि उनीहरुले बुधबार संस्थाका महाप्रवन्धक, प्रमुख कार्यकारी अधिकृत र सचिवको राजिनामा माग्दै कार्यालय घेराउ गरेका हुन् ।


क्लिकमान्डु