ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपपछि नेप्से १०४.८८ अंकले बढ्यो, कारोबार रकम ६ अर्बमा सीमित

497
Shares

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा बुधबार भारी उछाल देखिएको छ । मंगलबार दिनभरीको उतारचढावका बीच १३ अंकले बढेको नेप्से परिसूचक बुधबार १ सयभन्दा बढी अंकले बढेको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।

बुधबारको कारोबारमा नेप्से परिसूचक १०४.८८ अंकले बढेको छ । यो दिन २०७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर ६ अर्ब १७ करोड ९३ लाख १५७ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन दर्जनबढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिनको कारोबारमा गुहेश्वरी मर्चेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंक, युनियन हाइड्रोपावर, हिमाल दोखला हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, मनकामना स्मार्ट लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर, श्री इन्भेटमेन्ट कम्पनी, आइसीएफसी फाइनान्स, हिमाल उर्जा विकास कम्पनीलगायतका कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।