नयाँ नोटको रौनक (फोटोफिचर)



काठमाडौं । केन्द्रीय बैंकले सोमबारदेखि नयाँ नोट सहटीको सुविधा शुरु गरेको छ । सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय कार्यालय र ७ वटै प्रदेशका कार्यालयबाट नयाँ नोट साट्न पाउनेछन् ।

सोमबार विहानैदेखि सर्वसाधारणले नयाँ नोट साट्न बालुवाटार पुगेका छन् ।

बैंकहरुले भने असोज ११ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण शुरु गर्नेछन् ।

केन्द्रीय बैंकले हरेक वर्ष दशैंलाई लक्षित गरी नयाँ नोट साट्दै आएको छ । तर गत वर्ष कोरोनाको महामारीका कारण नयाँ नोट साटिएको थिएन ।

सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्न पाउनेछन् । एकजनाले बढीमा १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्नेछन् ।


क्लिकमान्डु