साउन र भदौ महिनामा १०८ वटा अपार्टमेन्ट किनबेच



काठमाडौं । भदौ महिनामा देशभरको मालपोत कार्यालयबाट ५६ वटा अपार्टमेन्ट किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको भदौ महिनामा ५६ वटा अपार्टमेन्ट लिखत पारित भएको छ ।

नेपालमा अपार्टमेन्टमा बसोबास बस्ने प्रवृत्ति विस्तारै विकास हुँदै गएको छ । सोहीअनुसार व्यवसायीहरूले पनि अपार्टमेन्ट निर्माणको कार्य अगाडि बढाएको पाइन्छ । व्यवसायीहरूले उपत्यका केन्द्रित पछिल्लो समय विभिन्न स्थानमा अपार्टमेन्ट शुरु गरेका छन् । हालसम्म उपत्यकामा अधिकांश अपर्टामेन्ट भएकाले भदौ महिनामा उपत्यकाबाट मात्रै ५६ वटा अपार्टमेन्ट किनबेच भएको छ ।

यस्तै भदौ महिनामा ५६ अपार्टमेन्ट किनबेच हुँदा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुर लगनखेल र मालापोत कार्यलयबाट कलंकीबाट १८/१८ वटा किनबेच भएको छ ।

त्यसैगरी मालपोत कार्यालय चावहिलबाट ५ वटा र डिल्लीबजार कार्यालयबाट १५ वटा अपार्टमेन्ट किनबेच भएको विभागको तथ्याङ्कले देखाउँदछ ।
यसअघि साउन महिनामा ५२ वटा अपार्टमेन्ट बिक्री भएको थियो । जसमा लगनखेलबाट २७ वटा, पर्सा र कास्कीबाट १÷१ वटा, चाबहिलबाट १२ वटा र डिल्लीबजार कार्यालयबाट १० वटा अपार्टमेन्ट खरिद बिक्री भएको छ ।


क्लिकमान्डु