राजनीतिक रूपमा तटस्थ भइ काम गर्न कर्मचारीसँग सिटिइभिटी कर्मचारी संघका अध्यक्ष टण्डनको आग्रह



बुटवल । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) कर्मचारी संघका केन्द्रीय अध्यक्ष दीपक टन्डनले परिषदको विकासको लागि संघ संगठनमा नलागी इमान्दारपूर्वक काम गर्न कर्मचारीसँग आग्रह गरेका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष टण्डन तथा उपाध्यक्ष पिंगला पाण्डेलाई स्वागतका लागि सिटिइभिटी लुम्बिनी प्रदेशको कार्यालयमा आयोजित कार्यक्रममा बिहीबार बोल्दै उनले कर्मचारीले पारदर्शीता कायम राख्दै साथ राजनीतिक रुपमा तटस्थ र परिषदप्रति प्रतिबद्धता कायम राख्दै जिम्मेवारी बहन गर्न आग्रह गरे ।

अध्यक्ष टण्डनले कर्मचारीहरुको हक हितका लागि र समग्र क्षेत्रका विकासका लागि आफू इमान्दारपूर्वक लाग्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

‘मुलुकको शैक्षिक विकासमा प्राविधिक शिक्षाको महत्वबारे सबै जानकार हुनुहुन्छ, हामीले प्राविधिक शिक्षाको विकासका साथै कर्मचारी हिकहित दुबैका लागि काम गर्नुपर्नेछ, यसका लागि सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भने ।

उनले कर्मचारीलाई जिम्मेवार भइ काम गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा कर्मचारी संघ प्रदेश समितिका सल्लाहकार बद्रीप्रसाद चौधरी र प्रदेश कार्यालयका उप–निर्देशक गोपाल आयार्यले समस्या समाधानका लागि सबै कर्मचारी मिलेर काम गर्नुपर्ने बताएका थिए ।

उप-निर्देशक आचार्यले प्राविधिक तथा ब्यावसायिक शिक्षाको दीगो बिकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्नु पर्ने बताए । परिषद्का बाह्य तथा आन्तरिक समस्या समाधानका परिषदको व्यवस्थापनसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।


क्लिकमान्डु