हिमालयन बैंकद्वारा तीनकुनेको प्रहरी वृत्तलाई कम्प्युटर हस्तान्तरण

112
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तीनकुनेस्थित ‘महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर’लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बंैकले रुपैया एक लाख दश हजार मुल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको हो ।

बैंकका तर्फबाट बंैकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीमबहादुर लामालाई एक समारोह बीच उक्त सहयोग हस्तान्तरण गरेका छन् ।