गोदरेजको फेस्टिबल अफरः ‘कम खर्च धेरै बचत’



काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिरहेको दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत गोदरेज ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने सु्वर्ण अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१% सम्मको क्यासब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टि.भी समेत जित्न सकिने व्यवस्था गरिएको छ ।

उक्त योजना अन्तर्गत गोदरेजका विभिन्न सामानहरु जसमा रेफ्रिजीरेटर खरिदमा २८ हजार ९०० रुपैयाँसम्म, वाशिङ मेसिनको खरिदमा १५ हजार ३०० रुपैयाँ सम्म, मैक्रोवेभ ओवन खरिदमा ७ हजार ५०० रुपैयाँसम्म, एअर कुलरको खरिदमा ५ हजार २०० रुपैयाँसम्मको क्यास ब्याक र एसिमा ४ हजार रुपैयाँसम्म निःशुल्क एसि जडान प्राप्त गर्न सकिनेछ । साथसाथै गोदरेजले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै निशुल्क होम डेलीभरी पनि प्रदान गर्नेछ ।

गोदरेजका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहार मा सहभागी गराउन जिओडिएफओ टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एसएमएस गर्नुपर्नेछ । कम्पनीले यो योजना भदौ ३० गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ ।

गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रप अन्तर्गत सिजी इओएल रहेको छ ।


क्लिकमान्डु