लक्ष्मी बैंकको १३७औं शाखा इटहरिको पकलीमा



काठमाडौं । लक्ष्मी बैंकले १३७औं शाखा सुनसरी जिल्लाको इटहरि उपमहानगरपालिका वडा न. १६ को पकलीमा सञ्चालनमा ल्याएकोे छ ।

इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेकोे यो शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३७ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६७ एटिएम, २५०० भन्दाबढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।


क्लिकमान्डु