लेबनानमा आर्थिक संकट , दातृ निकायसँग वार्ता हुँदै



काठमाडौं । कोरोनालगायत अन्य कारणहरुका कारण लेबनान चरम आर्थिक संकटमा फसेको छ । सोही समस्या समाधानका लागि राष्ट्रपति मिशेल आउनले बुधबार आफ्नो मुलुकले अन्तरराष्ट्रिय मुद्रा कोष र विश्व बैंकसँग चाँडै आवश्यक सुधार र वार्ता सुरु गर्ने बताएका थिए । उनको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा संटक समाधानका लागि बहुपक्षीय दातृ निकायसँग छलफल गर्न लागिएको छ ।

लेवनानी राष्ट्रपति आउनले ‘बाब्दा प्यालेस’मा श्रम महासंघबाट एक प्रतिनिधिमण्डलसँगको भेटवार्ताका भने ‘अन्तर्राष्ट्रिय समुदायबाट हामीलाई आर्थिक सुधारका लागि सहयोग गर्ने चाहना व्यक्त भएको छ । हामी वित्तीय सुधारका लागि आईएमएफ र विश्व बैंकसँग छिट्टै वार्ता सुरु गर्नेछौं ।’

उहाँले आगामी दिनमा अर्थतन्त्र सुधारलाईलाई मुख्य प्राथमिकता दिइने बताए । आउनका अनुसार नयाँ मन्त्रीमण्डलले सन् २०२० अगस्त ४ मा भएका दुईवटा विशाल विस्फोटद्वारा ध्वस्त विद्युत केन्द्रहरूको निर्माण र बेरूत बन्दरगाहको पुनर्निर्माणसहित विभिन्न परियोजनाहरू सुरु गर्नेछ ।

लेबनानले धेरै आवश्यक सुधारहरू कार्यान्वयन गर्ने र देशलाई वर्तमान आर्थिक सङ्कटको अवस्थाबाट उकास्न विदेशी सहायताको लागि साँचो खुला राखने छ । देशमा लामो समयसम्म खाली रहेको राजनैतिक संरचनासँगै खाली मन्त्रीपरिषद्ले पनि सेप्टेम्बर १० मा पूर्णता पाएपछि लेवनानले आर्थिक सुधारको बाटो लिने अन्तर्राष्ट्रिय समुदायले आशा गरेको छ ।


क्लिकमान्डु