महसुल नबुझाउने ग्राहकको लाइन काटदै प्राधिकरण



काठमाडौं । गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका– २८ र इस्मा गाउँपालिकाका १ जनाको लाइन काटेको हो । लाइन काटिएका ग्राहकले कूल ६ लाख ५६ हजार १६।४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिनुभयो ।

लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम ४ लाख छ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिनुभयो ।


क्लिकमान्डु