युरोपेली संघले गरिब देशलाई २० करोड खोप दिने



एजेन्सी । युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरुलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिव देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिनुभयो ।

‘गरिव राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ,’ युरोपेली संसदको बार्षिक बैठकमा उनले भने । उनीहरुलाई उपलब्ध गराउने भनिएको खोप अर्को बर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिनुभयो ।

उनले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सवैलाई आह्वान गर्नुभएको छ । गरिब देशहरुलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उहाँले जोड दिएका छन् ।

विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि कोरोनाभाइरस विरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरुले योगदान गर्नुपर्ने उनको भनाई छ ।


क्लिकमान्डु