प्राधिकरणले गर्यो नयाँ दर प्रस्ताव, कति बिजुली प्रयोग गर्नेले कति तिर्नुपर्छ ?



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आधारभूत वर्गका ग्राहकलाई २० यूनिटसम्म निशुल्क बिजुली दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव अनुसार बुधबार विद्युत् नियमन आयोगले एक सार्वजनिक सूचना जारी गरेको छ ।

सूचना अनुसार आगामी असोज १४ गते सार्वजनिक सुनुवाई हुने भएको छ । प्रस्तावित महशुल अनुसार अब २० यूनिट माथि बिजुली प्रयोग गर्नेले मात्रै महशुल तिर्नुपर्ने भएको छ । त्यसमा पनि ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरको भने फरक फरक शुल्क तिर्नुपर्नेछ ।

प्रस्ताव अनुसार १० देखि ३० युनटिसम्म बिजुली प्रयोग गर्नेले न्यूनतम शुल्क ३० रुपैयाँ मात्रै तिरे हुन्छ । त्यसमा इनर्जी शुल्क भने निशुल्क रहेको छ । कुनै महशुल तिर्नुपर्दैन ।

३० यूनिट बिजुली प्रयोग गर्नेले न्यूनतम शुल्क ५० रुपैयाँ र इनर्जी शुल्क ६ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । त्यस्तै ५० युनिट बिजुली प्रयोग गर्नेले ५० रुपैयाँ न्युनतम शुल्क र ८ रुपैयाँ इनर्जी शुल्क तिर्नुपर्छ । १०० युनिटको हकमा ७५ रुपैयाँ न्युनतम शुल्क र ९ रुपैयाँ ५० पैसा इनर्जी शुल्क तिर्नुपर्छ ।

यसरी बढ्दै जाँदा ४०० युनिट बिजुली प्रयोग गर्नेले १७५ रुपैयाँ नयुनतम शुल्क र इनर्जी शुल्क १२ रुपैयाँ तिर्नुपर्छ । यो व्यवस्था ५ एम्पियरको हकमा लागू हुन्छ ।

उता १५ एम्पियरको हकमा भने न्युनतम ५० रुपैयाँ र इनर्जी शुल्क भने ४ रुपैयाँ रहेको छ । यसरी बढ्दै जाँदा ४०० किलोवाट घण्टाको न्युनतम २०० रुपैयाँ र इनर्जी शुल्क ११ रुपैयाँ तिर्नुपर्छ ।

त्यस्तै, ६० एम्पियरको हकमा न्युनतम २७५ रुपैयाँ र ११ रुपैयाँ इनर्जी शुल्क तिर्नुपर्छ । माथिल्लो र तल्लो भोल्टेज प्रयोग गर्ने औद्योगिक ग्राहकको हकमा पनि फरक महशुल तय गरिएको छ ।


क्लिकमान्डु