सांग्रिला बैंकको मलेखु शाखाले सिकायो डिजिटल बैंकिङको महत्व



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मलेखु शाखाले डिजिटल बैंकिङको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको छ ।


बैंकले जिल्ला प्रहरी कार्यालय धादिङको सभाहलमा प्रहरी अधिकृत तथा जवानहरुका लागि डिजिटल बैंकिङको महत्वका विषयमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सांग्रिला बैंकका मलेखु शाखाप्रमुख गौरव काफ्लेले डिजिटल बैंकिङले पहिले झैँ लाइन बस्नुनपर्ने, यसले समयको बचत हुने तथा पारदर्शी कारोबार र जोखिम न्यून हुने बताए । कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि भौतिक दुरी कायम गर्नुपर्ने हुँदा डिजिटल बैंकिङले यसमा मद्दत पुग्नेछ । तर, प्रविधिको ज्ञानको अभावले यसको प्रभावकारीतामा कमी आएको काफ्लेले बताए ।

बैंकमा खाता खोल्न, खातामा पैसा पठाउन, ऋण आवेदन दिन, विभिन्न महशुल भुक्तानी गर्न, रिचार्ज लगायतका बैंकिङ सेवा सुविधा डिजिटल बैंकिङका माध्यमले घरमै बसेर लिन सकिन्छ ।

नेपाल राष्ट्र बैंकको नीति अनुसार क्यासलेस कारोबारमा फड्को मार्न नसकिएपनि लेस क्यास अर्थात् कम नगद प्रयोगतर्फ ग्राहकलाई आकर्षण गरी विद्युतीय भुक्तानी तथा कारोबारलाई सांग्रिला बैंकले बढाउने बताएको छ ।

प्रहरी उपरिक्षक महेन्द्र खड्काले आफ्नो मातहतका कर्मचारीलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, फोन पे, डेबिट कार्ड, क्रेडिट कार्ड, रेमिट्यान्स र डिजिटल बैंकिङका बारेमा जानकारी गराएकोमा सांग्रिला बैंकलाई धन्यवाद दिएका थिए ।


क्लिकमान्डु