नेपाल टेलिकमको नमस्ते पे सेवा आजदेखि शुरु



नेपाल टेलिकमको नमस्ते पे सेवा आजदेखि शुरु हुने भएको छ ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा आजदेखि नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन आजदेखि गर्न लागिएको हो ।

कुल ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको नमस्ते पेबाट अनलाइन र अफलाइन दुबै सेवा लिन सकिनेछ । शुरुवातमा राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरुले यो सेवा प्रयोग गर्न पाउने छन् । शुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत् महशुल तर खानेपानीको बिल भुक्तानी गर्न नमस्ते पे बालेटबाट सकिनेछ ।


क्लिकमान्डु