ओमानमा हुने क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस मिडियाले गर्ने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिस मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने सहमति भएको छ ।

डिस मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त प्रतियोगिताका ६ वटा खेलहरु भाद्र २८ गतेदेखि असोज ४ गतेसम्म हुने खेलिनेछन् । सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिसहोमले एक्सन स्पोर्टस् एडीवान र डिसहोम गो ओटीटी एपमार्फत् प्रत्यक्ष प्रशारण गर्नेछ ।


क्लिकमान्डु