प्रतिस्थापन विधेयकलाई नेपाल चेम्बर अफ कमर्सले गर्यो स्वागत



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयकलाई नेपाल चेम्बर अफ कमर्शले स्वागत गरेको छ ।

चेम्बरले प्रस्तावित बजेटमा कोभिड–१९बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज ल्याउनुपर्ने, चालु खर्च कटौती गरी बचेको रकम कोभिड–१९ विरुद्धको खोप खरिदमा व्यवस्थापन गर्ने र कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रको पुनर्उत्था गर्ने व्यवस्था सकारात्मक रहेको जनाएको छ ।

कोभिड–१९को प्रभावबाट रोजगारी र अन्य आय आर्जनको श्रोत गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रमा रहेका अतिविपन्न परिवारलाई राहत प्याकेजको घोषणा पनि स्वागत योग्य रहेको चेम्बरले बताएको छ ।

चेम्बरले पूर्वाधार क्षेत्रको विकासका लागि लगानीको स्रोत जुटाउन नयाँ ऋणपत्र जारी गरिने प्रस्तावलाई सकारात्मक रुपले लिइको र बिनियोजन अध्यादेशमा प्रस्ताव गरिएको आन्तरिक तथा वैदेशिक ऋणको अंश घटाइएको कुरालाई स्वागत गरेको छ ।

त्यस्तै कृषिबाली तथा पशुवालीको दायरा विस्तार गर्न अनुदानमा वृद्धि गरी ८० प्रतिशत पुर्याउने र कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनिकरण गरी कृषि क्षेत्रमा आकर्षण वृद्धि गर्ने, कृषि वाली तथा पशुबीमाको दायरा विस्तार गरी दिइँदै आएको बीमा प्रिमियम अनुदानमा वृद्धिगरी ५० प्रतिशत बाट ८० प्रतिशत पुर्याइएको कुराको स्वागत चेम्बरले गरेको छ ।

साथै २ सय मेगावाट माथिका जलाशय तथा अर्धजलाशयुक्त जलविद्युत आयोजनाका लागि कारोबार सुरु गरेपछि १५ वर्षसम्म पुरै र त्यसपछि ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिई लगानका लागि आकर्षित गर्ने व्यवस्थालाई चेम्बरले सकारात्मक मानेको बताएको छ ।

अक्सिजन ग्यास तथा सेनिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म शत प्रतिशत र त्यसपछिको २ वर्षसम्म ५० प्रतिशत आयकरछुटको व्यवस्था र १२ कक्षासम्म प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाइए पढ्दै कमाउँदै कार्यक्रम उत्साहवद्र्धक रहेको चेम्बरले जनाएको छ ।

समग्रमा बजेट सकारात्मक भएपनि आन्तरिक राजश्व २५ अर्बले वृद्धि तथा कुल गार्हस्थ्य उत्पादन ७ प्रतिशतले वृद्धि गर्ने लक्ष्य कोभिड महामारीका कारण थलिएको विषम परिस्थितिमा चूनौतिपूर्ण हुनसक्ने चेम्बले जनाएको छ ।


क्लिकमान्डु