सिजीले ल्यायो दशैं तिहार लक्षित ‘यो उत्सवमा घरलाई बनाऔँ सिजी स्मार्ट होम’ योजना



काठमाडौं । सिजीले दशैं तिहारलाई लक्षित गरी ‘यो उत्सवमा घरलाई बनाऔँ सिजी स्मार्ट होम’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत सिजी ब्राण्डका कुनैपनि सामानको खरिद गर्दा उपहार, क्यासब्याक तथा वारेन्टी प्राप्त गर्न सकिनेछ ।

त्यस्तै यो योजना अन्तर्गत ग्राहकले सिजीको माइक्रोवेभ ओभनको खरिदमा २८ सय बराबरको कुकिङ किट र क्यासब्याक, एसीको खरिदमा ४ हजार बराबरको निःशुल्क जडान तथा क्यासब्याक र सिजी डिसवासरको खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा ५५ हजारसम्मको महाबचत योजना र प्रत्येक १५ दिनमा लक्की ड्रमार्फत् सिजीको डबल डोर रेफ्रिजेरेटर ५ जनाले जित्न सक्नेछन् । बम्परमा ३ जोडीले २ रात, ३ दिनको मेघौली सेराइको प्याकेज समेत जित्न सक्नेछन् ।

लक्की ड्र तथा बम्परमा सहभागी हुनका लागि सिजीका सामान खरिद गरेपछि ग्राहकले सिजीएसएच टाइप गरेर आफ्नो नाम, ठेगाना र खरिद गरेको सामानको बिल नम्बर टाइप गरी ३१००१ मा पठाउनुपर्नेछ । कम्पनीले यो योजना यही भदौ २५ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने बताएको छ ।


क्लिकमान्डु