माछापुच्छ्रे बैंकमा अनलाइनबाटै डिम्याट खाता खोल्न पाइने

168
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ«े बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंकमा नगई आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

ग्राहकले अनलाइनमार्फत् डिम्याट खाता खोल्न सक्नेछन् । साथै बैंकका ग्राहकले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेकाले अनलाइनमार्फत् डिम्याट खाता खोल्ने प्रक्रिया पूरा गरिसकेपछि एकपटक

आफूलाई पायक पर्ने शाखा कार्यालयबाट लिन सक्नेछन् ।