सेञ्चुरी बैंकको ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’, ५.५०% ब्याज पाइने



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट’को शुभारम्भ गरेको छ । न्यूनतम १ हजार रुपैयाँ मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशतबढी ब्याज भुतmानी हुनेछ भने इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गराइनेछ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधाहरुको व्यवस्था गरिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखा र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखा र ३ वटा एक्सटेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु