नेप्से ७१ अंकले बढ्यो, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट



काठमाडौं । साताको पहिलो दिन आइतबार लगानीकर्ताका लागि खुसीको खबर छ । सेयर बजारमा उछाल देखिएको छ । अधिकांश कम्पनीको सूचकमा हरियाली छाएको छ ।

नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ अंकमा पुगेको छ । साथै १ करोड ७१ लाख ३३३ कित्ता सेयर ९ अर्ब ४४ करोड ३५ हजार २४३ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा १८९ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन उपसमूहतर्फ म्यूचुअल फण्डबाहेकका सबै उपसूचकमा वृद्धि देखिएको छ । लगानीकर्ताको आकर्षण जलविद्युत्, फाइनान्स र विकास बैंकमा बढी देखिएको छ ।

यो दिनको कारोबारमा राष्ट्रिय बीमा कम्पनी, अरुण काबेली पावर, नेपाल हाइड्रोपावर कम्पनी, लिबर्टी इनर्जी कम्पनी, छ्याङदी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, सानिमा लाइफ इन्स्योरेन्स र अपि पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु