प्रि-ओपनिङमा ११.५१ अंकले बढ्यो नेप्से, ३९ कम्पनीको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ११.५१ अंकले बढेको छ ।

प्रि-ओपनिङमा ३९ वटा कम्पनीको कारोबार भएको छ । जसमा ३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा युनिभर्सल पावर कम्पनी, प्रभु बैंक, नेपाल रि–इन्स्योरेन्स, न्याग्दी ग्रुप पावर, नेशनल हाइड्रोपावर, सानजेन जलविद्युत्, राष्ट्रिय बीमा कम्पनी, सानिमा माइ हाइड्रोपावर, अपि पावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनीलगायतका कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोपावर र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु