नेपाल फाइनान्सको हकप्रद प्रस्ताव परिमार्जन सहित पारित



नेपाल फाइनान्सले प्रस्तावित हकप्रदको संशोधन गरेको छ । यसअघि १ः१.७५ प्रतिशत हकप्रद जारी गर्ने भनिए पनि उक्त प्रस्ताव परिमार्जन गरी १ः०.७० प्रतिशतका दरले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिएको छ ।

भदौ २८ गते राजधानीमा सम्पन्न वार्षिक साधारण सभाले उक्त प्रस्ताव परिमार्जन सहित पारित गरेको हो ।

साधारणसभाले साधारण प्रस्तावहरुको साथसाथै बिशेष प्रस्ताव अन्तर्गत संंस्थाको नेपाल राष्ट्र बैंकले ‘ग’ वर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम संस्थाको साधारण सभाबाट पारित हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त हकप्रद सेयर जारी पश्चात् संस्थाको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ । साथै अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने प्रस्तावलाई समेत पारित गरेको छ ।


क्लिकमान्डु