प्रतिस्थापन विधेयकले निजी क्षेत्रको माग समेट्यो: अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघ(सीएनआई) अध्यक्ष बिष्णु अग्रवालले अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेटको प्रतिस्थापन विधेयकले अर्थतन्त्रको पुनरुत्थानको लागि सकारात्मक भएको बताएका छन् ।

अध्यक्ष अग्रवालले प्रतिस्थापन विधेयकले बहुआयामिक गरिबी न्यूनिकरण गर्ने तथा अर्थतन्त्रको पुनरोत्थान गर्ने तथा उच्च अंकको आर्थिक बृद्धि निर्माण गर्ने विश्वास जनाएका छन् ।

उनले विधेयकले निजी क्षेत्रलाई आर्थिक क्षेत्रको ड्राइभर बनाउने काम गरेको र उत्पादन मुलक उद्योगलाई प्राथमिकता दिने तथा साना तथा मझौला उद्योगलाई बिना धितो तथा ब्याज अनुदान दिने र हरेक स्थानीय तहममा ५ सय कर्जा बैंक तथा वित्तीयउ संस्थाले प्रवाह गर्नुपर्ने कुरा सकारात्मक भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष अग्रवालले जलाशययुक्त र अर्धजलाशयुक्त आयोजनाका लागि १५ वर्षसम्म आयकर छुट दिने तथा अक्सिन,स्यानिटरी प्याड, उद्योगलाई ३ वर्षसम्म आयकर छुट तथा त्यसको २ वर्षसम्म ५० प्रतिशत छुट दिने कुरा सकारात्मक भएको बताएका छन् ।

यद्यपी रुग्ण उद्योग एक्जिट पोलिसी नआएको तथा कृषि र कृषिमा आधारित उद्योगलाई १० वर्षसम्म आयकर छुट दिने कुरा भने समेट्न नसकिएको बताएका छन् । स्वदेशी वस्तुको प्रवद्र्धनका लागि नाफाको १० प्रतिशतसम्म रकम विदेशमा लगानी गर्न दिने व्यवस्था समेत आउन नसकेको धारणा अग्रवालको छ ।


क्लिकमान्डु