व्यवसायी रुक्म शमशेर राणाको निधन



काठमाडौं । व्यनसायी रुक्म शमसेर राणाको निधन भएको छ । शनिबार विहान उनको निधन भएको हो ।

उनी डाबर नेपालका एक मात्र एकमात्र नेपाली लगानीकर्ता थिए । साथै भारतका लागि राजदूत तथा २ पटकसम्म नेपाल राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष समेत रहेका थिए ।

उनी नेपाल ओलम्पिक कमिटीका साथै नेपाल-भारत चेम्बर अफ कमर्शमा पनि थिए । कलकत्तामा जन्मिएका उनले दुन स्कुलमा अध्ययन गरेका थिए ।

उनी नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेरका छोरा समेत हुन् ।


क्लिकमान्डु