हवाई कम्पनी र पर्यटन क्षेत्रलाई आयकरमा छुटैछुट



काठमाडौं । कोभिडबाट अतिप्रभावितको सूचीमा रहेका हवाई कम्पनी तथा पर्यटन उद्योगलाई आयकरमा छुट प्रदान गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन् ।

जसमा एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना भएकालाई कारोबार शुरु गरेको मितिले ५ वर्षसम्म पूर्णरुपमा र त्यसपछिको तीन वर्षसम्म ५० प्रतिशतका दरले छुट प्रदान गरिएको छ ।

साथै तीन अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना भएका कारोबारलाई शुरु गरेको मितिले १० वर्षसम्म पूर्णरुपमा र त्यसपछिको ५ वर्षसम्म ५० प्रतिशत कर छुट हुनेछ ।

त्यसैगरी ५ अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना भएकाको हकमा कारोबार शुरु गरेको मितिले १५ वर्षसम्म पूर्णरुपमा कर छुट हुनेछ ।


क्लिकमान्डु