मेलम्चीको पानी चैत मसान्तभित्र ल्याइने



काठमाडौं । बाढीका कारण आयोजनामा क्षति पुग्दा रोकिएको मेलम्ची खानेपानी चैतभित्र राजधानी ल्याइने गरी सरकारले काम अगाडि बढाउने भएको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फत् मेलम्चीको खानेपानी चैत मसान्तभित्रमा ल्याउने घोषणा गरेको हो ।

‘बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना २०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनःस्थापना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु,’ बजेटमा उल्लेख छ ।

त्यसैगरी अर्थमन्त्री शर्माले नदी कटान एवम् बाढिपहिरोको कारण भएको सडकलगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुर्नस्थापना कार्यक्रमका लागि बजेट छुट्टाएको बताएका छन् ।


क्लिकमान्डु