२ सय मेगावाटमाथिका जलविद्युत् आयोजनालाई आयकरमा २१ वर्षसम्म छुट



काठमाडौं । सरकारले जलविद्युत् कम्पनीलाई आयकरमा छुट दिने योजना ल्याएको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमा जलशय तथा अर्थ जलाशययुक्त जलविद्युत् आयोजनामा २०० मेगावाटमाथिका जलविद्युत् आयोजनाले २१ वर्षसम्म छुटको व्यवस्था गरेको घोषणा गरेको हो ।

विधेयकमा २०८२ साल चैत्रसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २ सय मेगावाट माथिका जलविद्युत आयोजनाले २१ वर्षसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

अर्थमन्त्री शर्माले बजेट घोषणा गर्दै व्यापारिक कारोबार शुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर गरी २१ वर्ष छुट दिने व्यवस्था मिलाएको बताए ।

साथै, आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लाण्ट, मेशिनरी औजार एवम् सोको पार्टपूर्जा, पेनस्टक तथा स्टील सीटको पैठारीमा लाग्ने महसुल घटाई ज्ञ प्रतिशत मात्र लाग्ने व्यवस्था मिलाएको अर्थमन्त्री शर्माले बताए ।


क्लिकमान्डु