अनलाइन रोजगारी तथा युट्युव र फेसबुकबाट हुने आम्दानीमा सरकारले लगायो कर



काठमाडौं । सरकारले अनलाइन तथा युट्युव र फेसबुकलगायतका सामाजिक सञ्जालाबाट हुने आम्दानीलाई समेत करको दायारामा ल्याएको छ ।

अनलाइन रोजगारी गरी आमदानी गर्ने र विभिन्न सामाजिक सञ्जालबाट आम्दानी गर्नेलाई सरकारले १ प्रतिशत कर लगाएको हो । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक सार्वजनिक गर्दै सो यस्तो आम्दानीमा १ प्रतिशत अग्रिम कर लाग्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले नेपाल बाहिर सफ्टवेयर वा अन्य विद्युतीय सेवा उपलब्ध गराएवापत बैंक वित्तीय संस्था वा मनि ट्रान्सफर गर्ने संस्थामार्फत् भुक्तानी भएमा सोको १ प्रतिशत अग्रीम कर लाग्ने उल्लेख गरेका छन् । साथै, सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेवापत विदेशी मुद्रा हस्तान्तरण गर्ने कम्पनीले भुक्तानीको १ प्रतिशत अग्रीम कर तिर्नुपर्ने उल्लेख छ ।


क्लिकमान्डु