प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ शुरु गरिने



काठमाडौं । सरकारले १२ सम्मको विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’को शुरुवात गर्ने भएको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर खारेज गर्दै ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमूनाका रुपमा शुरूवात गर्ने घोषणा गरेका छन् ।

गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, पूर्वाधार, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवम् विद्यार्थी संख्यासमेतका आधारमा बालशिक्षादेखि माध्यमिक शिक्षासम्मको नक्शाङ्कन तयार गरी कार्यान्वयन गरिने विधेयकमा उल्लेख छ ।

भौतिक पूर्वाधार, जनशक्ति र प्रविधिको विकास गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विस्तृत योजना बनाई कार्यान्वयन गर्ने बजेटमा उल्लेख छ ।


क्लिकमान्डु