पर्यटन क्षेत्रका कम्पनीले लगानीका आधारमा विशेष आयकर छुट पाउने



काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकर छुट दिइने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि विधेयक प्रस्तुत गर्दै उक्त व्यवस्था गरेका हुन् ।

‘पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकर छुट सम्बन्धी विशेष छुट सहुलियत प्रदान गर्ने व्यवस्था मिलाइएको,’ विधेयकमा उल्लेख छ ।


क्लिकमान्डु