अध्ययन र पूर्वतयारी नभएका १४ सय सडक आयोजनाको कार्यान्वयन स्थगित



काठमाडौं । सरकारले विभिन्न १४ सय सडक आयोजना कार्यान्वयन स्थगित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् यस्तो व्यवस्था गरेका हुन् ।

शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्वतयारी नभएका प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४ सय सडक आयोजना स्थगित गरेको जानकारी दिए ।

उनले आवश्यकता र औचित्यका आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थथगित गरिएको बताए ।


क्लिकमान्डु