कोरोनाले जागिर गुमाएका ५ लाख गरिवलाई १० हजार नगद अनुदान दिने सरकारको घोषणा



काठमाडौं । सरकारले कोरोना महामारीका कारण रोजगारी गुमाएका ५ लाख घर परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ नगद अनुदान दिने भएको छ । सरकारले घोषणा गरेको नगद अनुदान यही असोज मसान्तभित्र वितरण गरिने छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर खारेज गर्दै यस्तो घोषणा गरेका हुन् । मन्त्री शर्माले संसदमा प्रतिस्थापन विधेयक पेश गरेका हुन्, जसमा केही नयाँ कार्यक्रमहरु समेटिएको छ ।

‘कोभिड- १९ प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अतिविपन्न गरिब ५ लाख परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर परिवार १० हजार रुपैयाँका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रवन्ध गरेको छ,’ मन्त्री शर्माले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा भनिएको छ, ‘यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा ०७८ असोज मसान्तभित्र हस्तान्तरण गर्ने गरी आवश्यक तयारी गरेको छु ।’


क्लिकमान्डु