अर्थमन्त्री शर्माले राजस्व लक्ष्य २६ अर्बले बढाए,२ महिनामा उठ्यो डेढ खर्ब



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएपनि राजस्व लक्ष्य बढाएका छन् । अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षमा गत जेठमा बिष्णु पौडेलले प्रस्तुत गरेको भन्दा २६ अर्ब बढी राजस्व उठ्ने अनुमान सहित बजेट संसोधन प्रतिनिधिसभामा पेश गरेका छन् ।

चालु आर्थिक वर्षको २ महिना सकिन एकसाता बाँकी हुँदा सरकारले १ खर्ब ४९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । २ महिनाको राजस्व संकलनबाट उत्साहित भएका शर्माले राजस्वको आकार बढाएका हुन् ।

अर्थमन्त्री शर्माले पौडेलले। ल्याएको बजेटभन्दा चालु र वित्तीय व्यवस्थाको लागि छुटएको रकम घटाएका छन् भने विकास खर्च बढाएका छन् ।

अर्थमन्त्री शर्माले ६ खर्ब ७७ अर्ब चालु खर्च बिनियोजन गरेका छन् । यसअघि बिष्णु पौडेलले ल्याएको बजेटमा को ६ खर्ब ७८ अर्ब चालु खर्चको लागि बिनियोजन भएको थियो ।

यस्तै पूँजीगत तर्फ अर्थमन्त्री शर्माले ३ खर्ब ७८ अर्ब बिनियोजन गरेका छन् । पौडेलले पूँजीगत तर्फ ३ खर्ब ७४ अर्ब बिनियोजन गरेका छन् ।

वित्तीय व्यवस्थाको लागि अर्थमन्त्री शर्माले १ खर्ब ८९ अर्ब बिनियोजन गरेका छन् । पौडेलले २ खर्ब ७ अर्ब बिनियोजन गरेका छन् ।

राजस्व तर्फ चालु आर्थिक वर्षमा १० खर्ब ५० अर्ब उठ्ने अनुमान शर्माको छ । पौडेलले राजस्वबाट १० खर्ब २४ अर्ब उठ्ने अनुमान गरेका थिए । अर्थमन्त्री शर्माले पौडेललले भन्दा २६ अर्ब बढी राजस्व उठ्ने अनुमान गरेका छन् ।

यस्तै बैदेशिक अनुदानबाट ५९ अर्ब आउने अनुमान शर्माको छ । पौडेलले बैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड आउने अनुमान गरेका थिए ।

बैदेशिक ऋण २ खर्ब ८३ अर्ब तथा आन्तरिक ऋण २ खर्ब ३९ अर्ब लिने अनुमान शर्माको छ । पौडेलले बैदेशिक ऋण ३ खर्ब ९ अर्ब आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब उठाउने अनुमान गरेका थिए ।


क्लिकमान्डु