अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने



काठमाडौं । सरकारले अनलाइन मिडियालाई पनि विज्ञापन उपलब्ध गराउने भएको छ ।

अर्थमनत्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने बताए ।

प्रतिस्थापन विधेयकको बुँदा नं ६१ मा भनिएको छ, ‘लोक कल्याण्कारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।’

यो व्यवस्थापाले अनलाइन सञ्चारमाध्यमलाई राहत पुग्नेछ ।


क्लिकमान्डु