१५ अर्बले बजेटको आकार घट्यो



काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले चालु आर्थिक वर्षका लागि बजेटको आकार घटाएका छन् ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विधेयकमार्फत् ल्याएको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको रहेकोमा अर्थमन्त्री शर्माले १५ अर्ब रुपैयाँले बजेटको आकार घटाएका हुन् ।

शुक्रबार प्रतिनिधि सभामा बिनियोजन विधेयक २०७८ प्रस्तुत गर्दै बजेटको आकार घटेको जानकारी दिए । शर्माले बजेटको आकार १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको बताए ।


क्लिकमान्डु