बैठक, इन्धन, तालिम र भ्रमण खर्च १०% कटौती, बचत हुने ५ अर्ब खोप किन्न प्रयोग हुने



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेट बिनियोजन विधेयक प्रस्तुत गर्दै बजेट कटौती गरिएको जानकारीदिए ।

‘बैठक भत्ता, इन्धन मर्मत, कर्मचारी तालिम, सीप विकास तथा तालिम तथा गोष्ठीसम्बन्धी खर्चका साथै अनुगमन मूल्यांकन तथा भ्रमण खर्चलगायतका शीर्षकमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरिएको छ,’ उनले भने ।

यसरी कटौती भएको र बचत हुने अनुमान गरिएको ५ अर्ब रुपैयाँ कोभिडविरुद्धको खोप खरिदका लागि खर्च गरिने उनले बताए ।
शुक्रबार नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गरेका हुन् ।


क्लिकमान्डु