नाडाद्धारा ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरू वितरण



काठमाडौं । नाडाले आज महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतना सम्बन्धी सामग्रीहरू वितरण गरेको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले औपचारिक कार्यक्रमबीच ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरी महाशाखाका प्रहरी उपरिक्षक संञ्जिव शर्मालाई सामग्री वितरण गरेको हो ।

नाडाले १० हजार थान नो हर्न स्टिकर, ५ हजार थान कोभिड १९ विरुद्धको मास्क, तपाइको मास्क खोइ ? चेतनामूलक व्यानर २०० थान र ट्राफिक नियमको पालना गरौ चेतनामूलक व्यानर २०० थान वितरण गरेको छ ।

उक्त अवसरमा सो जनचेतना मूलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकहरुलाई वितरण समेत गरिएको थियो । नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दे आएको जनाएको छ ।


क्लिकमान्डु