आजदेखि नबिल ब्यालेन्स फण्ड-३ मा आवेदन दिन सकिने



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड–३ नामक चौथो म्युचुअल फण्डका ईकाइ आजदेखि निष्कासन गरेको छ । यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो ।

प्रतिइकाई १० रुपैयाँ अंकितका दरले १० करोड इकाईको सार्वजनिक निष्कासन गरिएको हो । यो फण्डमा न्यूनतम १०० ईकाइदेखि एक करोड ईकाइसम्मका लागि आवेदन दिन सकिनेछ ।

ईकाइको निष्कासन आजदेखि भएकोमा छिटोमा भदौ २९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । सो अवधिसम्म पनि निष्कासन भएका इकाईहरु बिक्री नभए ढिलोमा असोज ८ गतेसम्म आवेदन खुल्न सक्नेछ ।

कम्पनीले निष्काशन गरेको कुल ईकाइमध्ये कोष प्रवद्र्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सबै बैंक तथा बित्तीय संस्थाबाट वा मेरो सेयरबाट समेत इच्छुकले र्ईकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु