एस्कर्टस लिमिटेड इन्डियाद्वारा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फर्मिङ व्यापार अवार्ड



काठमाडौं । एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैटाैं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले बेस्ट पर्फमिङ व्यापार अवार्ड प्राप्त गरेको छ ।

हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमबीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्धारा विश्वभरिका एस्कर्टस डिरलशीपमध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ बिजनेश पार्टनरका रुपमा सम्मानित गरिएको छ ।

अघिलो वर्षमा आइएमईले गरेको मार्केट सेयरको वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठूलो भूमिका खेलेको भन्दै आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

आइएमई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबर गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्सका पुरानिकले बताए ।


क्लिकमान्डु