विरोधका बीच संसदमा आर्थिक अध्यादेश पेश



काठमाडौं । प्रतिनिधि सभामा आर्थिक अध्यादेश पेश भएको छ । नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दश शर्माले आर्थिक अध्यादेश संसदमा पेश गरेको हो ।

शुक्रबार एमालेको विरोधका बीच प्रतिनिधि सभामा सरकारले अध्यादेश पेश गरेको हो । बिनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने सम्बन्धी अध्यादेश पनि आजै पेश गर्ने कार्यसूची छ ।

नेकपा एमालले सभामुखको भूमिकालाई लिएर संसद अवरुद्ध पार्दै आएको छ ।


क्लिकमान्डु