एक महिनामा बैंकबाट ८० अर्ब निक्षेप घट्यो, सबैभन्दा बढी वाणिज्य बैंकको



काठमाडौं । एक महिनामा वाणिज्य बैंकबाट ८० अर्ब रुपैयाँ निक्षेप घटेको देखिएको छ । २७ वटा वाणिज्य बैंकसँग असार मसान्तसम्ममा ४२ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप थियो । साउन मसान्तसम्ममा आइ पुग्दा त्यो घटेर ४१ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ ।

२७ वटा वाणिज्य बैंकमध्ये एक महिनामा निक्षेप बढाउनेमा १० वटा बैंक छन् । जसमा सबैभन्दा बढी निक्षेप बढाउनेमा सिटिजन्स बैंक रहेको छ । सिटिजन्स बैंकले ४ अर्ब २७ करोड रुपैयाँ निक्षेप बढाएको छ ।

यस्तै कुमारी बैंकले ४ अर्ब २४ करोड रुपैयाँ निक्षेप बढाएको छ । यस्तै नेपाल एसबिआई, एनआईसी, सनराइज, सिभिल, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, एनएमबि र सेञ्चुरी बैंकको पनि निक्षेप बढेको छ ।

एक महिनामा सबैभन्दा बढी निक्षेप राष्ट्रिय वाणिज्य बैंकको घटेको छ । राष्ट्रिय वाणिज्य बैंकको निक्षेप २९ अर्ब, नेपाल बैंकको १० अर्ब तथा प्रभु बैंकको निक्षेप ९ अर्ब रुपैयाँले घटेको छ ।

साउनमा नै निक्षेप घटेको तथा कर्जा बढेसँगै बैंकहरुमा तरलताको अभाव भएको छ । बैंकरहरुले असोजदेखि निक्षेप तथा कर्जाको ब्याजदर बढ्न सक्ने बताएका छन् ।


क्लिकमान्डु