मुस्ताङ हेलिकोप्टरले पायो उडानको अनुमति



काठमाडौं । मुस्ताङ हेलिकोप्टरले हवाई उडानका लागि अनुमति प्राप्त गरेको छ । कम्पनीले बिहीबार हवाई उडानको अनुमति प्राप्त गरेको हो ।

उडान अनुमति पाएसँगै कम्पनीले फ्रान्समा निर्मित एयर बस हेलिकोप्टरमार्फत् सेवा शुरु गर्नेछ ।

कम्पनीले हेलिकोप्टरमार्फत् रेस्क्यू, चार्टर्ड, कोरोना संक्रमितको उद्दार, एरियल फोटोग्राफी, कार्गो र कार्गो सिलिङलगायतका सेवा उपलब्ध गराउनेछ ।


क्लिकमान्डु