टिभिएसको अपाचे आरटीआर २०० ४भी नेपालमा



काठमाडौं । टिभिएसको अपाचे आरटीआर २०० ४भी नेपालमा सार्वजनिक भएको छ ।

टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बिहीबार सोल्टी होटल काठमाडौंमा आयोजित कार्यक्रममा फस्र्ट इन क्लास राइडिङ मोड र आरटी-एफआइ, बिएस-भीआई र एबिएससहितको नयाँ मोडल आरटीआर २०० ४भी नेपालमा सार्वजनिक गरेको हो ।

यसमा रहेको फस्र्ट इन क्लास राइडिङले सडक र मौसम अनुुसार राइडिङ मोड परिवर्तन गर्न सकिन्छ ।

यसको सिस्टममा स्पोर्ट्स, अर्बन र रेन मोड गरी तीनवटा मोड छन् जसलाई चालकले सहजता र परिस्थितिका आधारमा परिवर्तन गर्न सक्नेछन् ।

यसमा फस्र्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सन थप गरिएको छ । सोआ फ्रन्ट सस्पेन्सनको प्रि-लोडेड एड्जस्मेन्टले चालकले प्लस राइड र ट्र्याक राइडको छनौट गर्न सक्नेछन् । यो मोडल ३स्टेप एडजस्मेन्ट र एडजस्टेबल ब्रेक तथा क्लच लिभर सहित उपलब्ध छ जसलाईबीचको औँलाले नियन्त्रण गर्न सहज हुनेछ । यसमा सिङगल चेनल एबिएस सहित ब्रेकिङ प्रणालीमा सुधार गरिएको छ ।

यो मोडल ग्लस ब्ल्याक, पर्ल ह्वाइट र म्याट ब्लु गरी जम्मा ३ कलरमा उपलब्ध छ ।


क्लिकमान्डु