कफी खेती विस्तार र कफी नर्सरी स्थापना गर्न ५०% अनुदान दिने



काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको लागि ५० प्रतिशत अनुदान दिने भएको छ । बोर्डले चाक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको लागि ५० प्रतिशत अनुदान दिने भएको हो ।

पहिलो पटक बोर्डले गत साउन २० गते प्रस्तावको लागि आह्वान गरेको थियो । त्यस्तै पुनः बोर्डले भदौ २२ गते प्रस्ताव इच्छुक संस्था तथा व्यक्तिहरूलाई आह्वान गरेको छ ।

बोर्डको आर्थिक २०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चक्लाबन्दीमा कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको कार्यान्वयनका लागि न्यूनतम ५० रोपनी जग्गा चक्लावन्दी गरी कफी रोपण तथा व्यवस्थापन गर्न अनुदान दिने भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार न्यूनतम ५० हजार विरूवा उत्पादनका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको हो । त्यस्तै बोर्डले चक्लाबन्दीमा कफी विस्तार कार्यक्रमको लागि प्रति रोपनी ३० हजारको दरले हुन आउने रकममा ५० प्रतिशत अनुदान दिने सुचनामा उल्लेख छ ।

उक्त कफी कफी नर्सरी स्थापनाको लागि अधिकतम ७ लाख ६९ हजार ८ सय ५० रुपैयाँ प्रदान गर्ने भएको हो ।

जसमा इच्छुक कृषक समुह, फर्म, उद्योग, सहकारी, संघ÷संस्थाहरूले तपशिल बमोजिमका कागजातहरू संलग्न गरी १५ दिन भित्र प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

बोर्डका अनुसार प्रस्ताव बुझाउनको लागि केन्द्रिय कार्यालय किर्तिपु र प्रादेशिक कार्यालयहरू झापा र पोखरामा दिन सक्नेछन् । साथै चिया तथा कफी विकास कार्यालयहरूः फिक्कल, जस्वीरे, मंगलबारे, पाँचथर, धनकुटा, तेह्रथुम, नुवाकोट र प्युठानमासमेत प्रस्ताव बुझाउन सक्नेछन् ।

यस्ता छन् आवश्यक कागजातः

१. अनुसूची– २ बमोजिमको निवेदन

२. अनुसूची– ३ बमोजिमको परियोजना प्रस्ताव

३. कफी क्षेत्र विस्तारका लागि जोडिएको कित्ता भएको न्युनतम् ५० रोपनी जग्गाको लालपुर्जाको छाँयाकपी वा जग्गाधनीसँगको लिज सम्झौता र परियोजनास्थल मार्क गरिएको नापी विभागको नक्साको छाँयाकपी

४. कफी नर्सरी स्थापनाका लागि न्युनतम ५० हजार विरूवा उत्पादन गर्न प्रस्तावित १६.३२ वर्ग मिटरको नर्सरी स्थापनाको लागि आवश्यक जग्गाको लालपुर्जाको छाँयाकपी वा जग्गाधनीसँगको लिज सम्झौता

५. नविकरण सहितको संस्था दर्ता प्रमाणपत्र

६. स्थायी लेखा नम्बर (पान) प्रमाणपत्रको प्रतिलिपि

७. संस्थाको प्रमुख व्यक्तिको नागरिकताको प्रतिलिपि

८. सम्बन्धित स्थानिय तहको सिफारिस


क्लिकमान्डु