सरकारलाई एमसीसीको जवाफ: नेपालको संविधानभन्दा माथि सम्झौता छैन



काठमाडौं । अमेरिकी सहयोगमा नेपालमा आउने भनिएको (एमसीसी)ले नेपाल सरकारलाई जवाफ पठाउदै संविधानभन्दा माथि सम्झौता नभएको बताएको छ ।

अमेरिकी दुतावासले सरकारलाई पठाएको जवाफ सार्वजनिक गरेको छ । अंग्रेजी र नेपाली भाषामा जवाफ पठाइएको छ । एमसीसीले यो सहयोग रकम भएको र अमेरिकी सैन्य योजनासँग यसको सम्बन्ध नरहेको तथा यसको प्रतिलिपि अधिकार नेपालको हुने जवाफ दिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको विषयमा प्रश्न गरेका थिए । एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेपाल आउन लागेकी छन् ।

अमेरिकाले पूर्वाधार क्षेत्रमा एमसीसी अन्तर्गत ५० करोड अमेरिकी डलर अनुदान दिन लागेको हो । जस अन्तर्गत प्रसारण लाइन र सडक निर्माण हुने छ ।

<iframe src="https://drive.google.com/file/d/1Iss1Pob-f_BgckkNJFnPxg9gEi4OcsgC/preview" width="640" height="480" allow="autoplay"></iframe>


क्लिकमान्डु