बेनेलीको दशैं अफर, मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनिसकेसम्म छुट र अफर पाइने



काठमाडौं । इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं तथा तिहारलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । जस अन्तर्गत कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको हो । अफर बेनेली ब्राण्डका सबै मोटरसाइकलको खरिदमा लागू हुनेछ ।

यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ ।

पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्यूआरकोड स्क्यान गर्न सक्नेछन् । बेनेलीको शोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्रायच कार्ड प्रदान गरिने छ । र, सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ ।

त्यसैगरी मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ गिफ्ट पाउन सक्नेछन् । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु