बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण



काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जा हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश सेट १ थमनबहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई हस्तान्तरण गरे ।

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु